PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घर बाहिर निस्किँदै हुनुहुन्छ? प्रहरीले अब सम्झाउँदैन, सडकको खुल्ला हिरासतमै होइएला कैद



पहिलोपोस्ट

घर बाहिर निस्किँदै हुनुहुन्छ? प्रहरीले अब सम्झाउँदैन, सडकको खुल्ला हिरासतमै होइएला कैद

काठमाडौं : लकडाउनको आज छैटौं दिन। सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरकारले आग्रह गरे पनि उल्लङ्घन गर्नेहरु पनि उत्तिकै छन्। दैनिकजसो प्रहरीले धेरै व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सम्झाइबुझाई फिर्ता गर्ने काम गरिरहेको छ।

छैटौँ दिन आज बिहान ७ बजेसम्म लकडाउन उल्लङ्घन गर्ने ३२० जनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अब समातिएकालाई सम्झाइबुझाइभन्दा सडकमै कारबाही गर्ने नीति प्रहरीले लिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले अब सडकमा समातिएकालाई सकडमै कारबाही हुने बताए। पोखरेलका अनुसार सडकमा नै डोरीले व्यवस्थित गरेर नियन्त्रण कक्ष बनाइएको छ।

‘अब सम्झाइबुझाई गर्ने समय सकिएको छ। शुरु-शुरुमा नबुझेर हो भनेर हामीले सम्झाएइका थियौँ । अब सडकमा नै कारबाही गछौँ,’ पोखरेलले भने।

सडक नियन्त्रणमा लिइएकालाई अब तीन घन्टाको ब्रिफिङ हुनेछ।

सुरक्षामा तैनाथ प्रहरीबाट ब्रिफिङ भएपछि उनीहरुलाई जताबाट आएको उतै फर्काइने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell