PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनबाट स्वास्थ्य सामाग्री र औषधि लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज



पहिलोपोस्ट

चीनबाट स्वास्थ्य सामाग्री र औषधि लिएर स्वदेश फर्कियो नेपाल एयरलाइन्सको जहाज

काठमाडौँः चीनबाट स्वास्थ्य सामाग्री र उपकरण लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्किएको छ। चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि  र अन्य मेडिकल उपकरण लिएर विमान स्वदेश फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

आइतबार बिहान विमान नेपाल फर्किएको हो। शनिबार विमान औषधि  र उपकरण लिन चीन पठाइएको थियो। 

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर जहाज औषधि र उपकरण लिन चीन पठाइएको थियो। भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल तथा एन ९५ मास्क लगायतका १९ प्रकारका उपकरण ल्याउनेगरी जहाज पठाइएको थियो। 

स्वास्थ्य सामाग्री ल्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत, बंगलादेश र म्यान्मार लगायतका मुलुकसँग समन्वय गरेर चीन उडान गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell