PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

इटालीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो, २४ घण्टामा ८८९ ले ज्यान गुमाए



पहिलोपोस्ट

इटालीमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो, २४ घण्टामा ८८९ ले ज्यान गुमाए

इटालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार कटेको छ। विश्वभर ३० हजार ८७९ जनाको मृत्यु हुँदा इटालीमा १० हजार २३ जनाको मृत्यु भएको हो। 

पछिल्लो २४ घण्टामा इटालीमा कोभिडबाट ८८९ जनाको मृत्यु भएको छ। 

पाँच हजारभन्दा बढी कोभिडका संक्रमित इटालीमा थपिएका छन्। संक्रमितको संख्या इटालीमा ९२ हजार ४७३ पुगेको छ। संक्रमितको संख्या भने अमेरिकामा सबैभन्दा बढी एक लाख २३ हजार ७५० पुगेको छ। अमेरिकामा कोभिडबाट दुई हजार २२७ जनाको मृत्यु भइसकेको छ। 

विश्वभर कोभिडबाट ६ लाख ६३ हजार ७४० जना संक्रमित भइसकेका छन्। संक्रमितमध्ये एक लाख ४२ हजार १८३ जना उपचारपछि निको भएका छन्। चीनबाट सुरु भएको कोभिड चीनमा नियन्त्रणउन्मुख देखिएपछि इटाली, स्पेन, अमेरिका लगायतका देशका दिनप्रतिदिन बढिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell