PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोराना भाइरसविरुद्ध लड्न अक्षयको २५ करोड सहयोग, प्रधानमन्त्री मोदीले दिए धन्यवाद



पहिलोपोस्ट

कोराना भाइरसविरुद्ध लड्न अक्षयको २५ करोड सहयोग, प्रधानमन्त्री मोदीले दिए धन्यवाद

बलिउड अभिनेता अक्षय कुमारले विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारलाई २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको पीएम केयर्स फण्डमा अक्षयले २५ करोड रुपैयाँ दिने भएका हुन्।

अहिलेको समयमा पहिला मानिसहरु बाच्नुपर्ने भन्दै अक्षयले यसका लागि आफूले २५ करोड योगदान गर्ने कुरा ट्वीटरमा उल्लेख गरेका छन्। 'जीवन बचाउ। ज्यान छ भने जहान छ', उनले भनेका छन्।

सहयोगको घोषणापछि अक्षयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद दिएका छन्। मोदीले ट्वीटरमा लेखेका छन्, 'धेरै राम्रो। हरेकले स्वस्थ भारतका लागि सहयोग गर्दै गरौं।' 

अक्षयकी पत्नी अभिनेत्री ट्वींकल खन्नाले सहयोगप्रति गर्व महसुस गरेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell