PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न समाजवादी पार्टीको माग



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न समाजवादी पार्टीको माग

काठमाडौँः समाजवादी पार्टीले कोरोना संक्रमण (कोभिड –१९) जोखिम नियन्त्रण तथा न्यूनीकरणको कार्यमा खटिने स्वास्थ्यकर्मीको कम्तीमा ५० लाख रुपैयाँको बीमा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै नियन्त्रणको कार्यमा संलग्न स्वास्थ्यकर्मी र पेशाकर्मीको समेत बीमा गर्न माग गरेका हुन्। 

‘स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरु, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिकहरु, अस्पताल सरसफाइ मजदूर, औषधि विक्रेता, एम्बुलेन्स चालक÷सहचालक लगायतका सबै पेसाकर्मीहरु तथा यसका विरुद्ध लड्न अध्ययन अनुसन्धानमालागेका वैज्ञानिक आदि सबैको न्यूनतम ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गर्न तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा सावधानीमा कुने कमी हुन नदिन हाद्धिक अपिल गद्र्धछ’ अध्यक्ष यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ। 

यस्तै, पार्टीले विश्व स्वास्थ्य संगठन र सरकारले तय गरेका सुरक्षा मापदण्ड अनुसारका नियम पालना गर्न सबै नागरिकलाई आग्रह पनि गरेको छ। संक्रमित नागरिकको उपचारको सम्पूर्ण दायित्व लिन सरकारसँग आग्रह पनि गरेको छ। 

लकडाउनको अवधिमा न्यून आय भएका परिवारलाई आर्थिक सहायता गर्न पनि सरकारसँग माग गरेको छ। लकडाउनमा आपूर्ति व्यवस्थालाई सुव्यवस्थित बनाउन पनि पार्टीले माग गरेको छ। 

कोरोनाका कारण अर्थतन्त्रमा समेत दीर्घकालीन असर पर्ने भन्दै सो कार्य हुन नदिन अल्पकालीन ऋण, व्याज मिनाहा, आर्थिक सहयोग लगायतका प्याकेज अनुदान ल्याउन पनि पार्टीले आग्रह गरेको छ। समाजवादी पार्टीले सरकारले स्थापना गरेको कोरोना जोखिम न्यूनीकरण कोषमा दश लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell