PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

'भर्चुअल नाट्य उत्सव'को तेस्रो दिन, फेसबुक लाइभमार्फत् नाटक ‘जालिनी’ देखाइने



पहिलोपोस्ट

'भर्चुअल नाट्य उत्सव'को तेस्रो दिन, फेसबुक लाइभमार्फत् नाटक ‘जालिनी’ देखाइने

काठमाडौं : थिएटर मलले सुरु गरेको भर्चुअल नाट्य उत्सवको आज तेस्रो दिन हो। ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ नाम दिइको उत्सव अन्तर्गत् आज नाटक 'जालिनी' देखाइने भएको छ।

यस उत्सवमा लकडाउनका कारण घरमै रहेका दर्शकले फेसबुक लाइभमार्फत् नाटक हेर्न पाउँछन्। शुक्रबार केदार श्रेष्ठ निर्देशित 'मान भर्सेस मती' देखाउँदै उत्सव सुरु भएको थियो। त्यस्तै शनिबार नम्रता केसी निर्देशित 'राजेन्द्रलक्ष्मी' देखाइयो। आज प्रसारण हुने नाटक 'जालिनी'लाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन्।

‘कैरन’ कथा संग्रहभित्रको जालिनीलाई नाटकमा रुपान्तरण लेखक ध्रुवसत्य परियारले नै गरेका हुन्।

नाटक थिएटर मलको अफिसियल फेसबुकमार्फत् साँझ पाँच बजे प्रसारण हुनेछ। 

शोषण विरुद्ध आवाज उठाउन, विद्रोह गर्न, न्यायका लागि लड्न सिकाउने जालिनी यसअघि मण्डला थिएटरमा मञ्चन भएको थियो।

लोककथा शैलीमा तयार पारिएको नाटकमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई घर वा पर्खालभित्र कैद गरी शासकहरूले कसरी कुसंस्कार निर्माण गर्छन् भन्ने कथा बुनिएको छ।

नाटकले कलात्मक ढङ्गमा हिजो कोरिएको दासत्व र पितृसत्ताको रेखाले आजको सामाजिक संरचनामा पारेको असर बारे बुझ्न मद्दत गर्छ। 

यो पनि पढ्नुस् : दासत्व र पितृसत्ताको लक्ष्मणरेखाभित्रबाटै जालिनीको विद्रोह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell