PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भ्याटभ्याट समातिँदै सडकमा निस्किनेहरु : बिहान ९:३० सम्म १२ सय मानिस नियन्त्रणमा



पहिलोपोस्ट

भ्याटभ्याट समातिँदै सडकमा निस्किनेहरु : बिहान ९:३० सम्म १२ सय मानिस नियन्त्रणमा

काठमाडौं : लकडाउन गरेको छैटौं दिन राजधानीका सडकमा धेरै मानिस देखिए।

प्रहरीलाई सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिन हम्मेहम्मे नै पर्‍यो। बिहान साढे ९ बजेसम्म मात्र काठमाडौंको सडकमा विभिन्न बहानामा हिँड्ने १ हजार २ सय ६५ जनालाई नियन्त्रणमा लियो। जसमा २ सय १५ जना महिला पनि रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

प्रहरीले लकडानउमा सुरक्षा व्यवस्था कडा बनाएको बताइरहे पनि सडकमा देखिने मानिसको सङ्ख्या बढेको छ। तरकारी किन्ने बहनामा, मधुमेहको बिरामी भएकाले मर्निङ वाक जानै पर्ने लगायतका समस्या देखाएर हिँड्ने गरेको प्रहरीको भनाइ छ।

'धेरैले बहना बनाएका छन्। समस्या भएकालाई हामी हेरे जान दिन्छौं तर केही हुँदै नहुनेलाई सडकमा नै राख्छौं,' डिएसपी बोगटीले भने।

सडकमा हिँड्ने मानिसको सङ्ख्या बढेपछि अहिले प्रहरीलाई समेत तनाव हुन थालेको छ। कतै यिनै मानिसलाई संक्रमण भए प्रहरीमा समेत सर्ने देखिन्छ।

'अहिले त डर नै यस्ता मानिसबाट हुने भयो। उहाँहरु संक्रमण भए प्रहरी पनि संक्रमित भए के हुन्छ? कति मानिसमा सर्छ। त्यसैले प्रहरीलाई सहयोग गर्न चाहनुहुन्छ भने घरमा नै बस्नुहोला,' डिएसपी बोगटीले भने।

प्रहरीले मानिस नियन्त्रणको लागि सामाजिक दुरी कायम गरेर पक्राउ गर्न मिल्ने डिभाइस समेत प्रयोगमा ल्याएको छ। तर, त्यसले मात्र नियन्त्रणमा लिन व्यवहारिक देखिँदैन। त्यसैले संक्रमित बिरामी सडकमा देखिए अरुमा पनि संक्रमण फैलिने सम्भावना हुन्छ। त्यसैले पनि प्रहरीले सबैलाई घरमा नै बस्न अनुरोध गरेको छ।

प्रहरीले सडकमा खटिने सुरक्षाकर्मी तथा अन्य मानिसलाई खाना तथा पानी सहयोग नगर्न अनुरोध गरेको छ।

'हाम्रो सुरक्षाकर्मीलाई हामीले खानाको व्यवस्था गरेका छौं। अरुले खाजा पानी नदिनुहोला,' डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell