PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रिपरिषदको बैठक बस्दै : राहत प्याकेज घोषणा गर्ने तयारी



पहिलोपोस्ट

मन्त्रिपरिषदको बैठक बस्दै : राहत प्याकेज घोषणा गर्ने तयारी

काठमाडौं : आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बस्न लागेको पुष्टि गरे।

'नियमित बस्ने बस्ने बैठक हो। अरु त्यस्तो छुट्टैखाले केही होइन,' थापाले भने।

लकडाउनका कारण सर्वसाधारण प्रभावित भइरहेको अवस्थामा बस्न लागेको मन्त्रिपरिषदले केही न केही प्याकेज ल्याउने अपेक्षा भने गरिएको छ। विशेषगरी दैनिक ज्यालादारी गरेर जीवन धान्ने परिवारका लागि सरकारले मन्त्रिपरिषदबाट राहत प्याकेज ल्याउनसक्छ।

अर्थ मन्त्रालयले दैनिक ज्यालादारी गरेर दैनिक चलाउने निम्नवर्गलाई नगद वा खाद्यान्नमध्ये एउटा विकल्प तयार पारेर मन्त्रिपरिषदमा पठाउँदैछ। मन्त्रिपरिषदले त्यसलाई पारित गरे त्यो कार्यान्वयनमा आउनेछ।

अर्थ सचिव शिशिर ढुंगानाले दैनिक ज्यालादारीमा काम गरेर निर्वाह धानेका गरीबलाई लक्षित गरेर राहतको तयारी भएको बताए।

‘लक डाउनपछि ज्यालादारीमा काम गरेर दैनिक जीवन चलाएका व्यक्तिहरु धेरैनै समस्यामा परेका छन्,’ उनले भने, ‘त्यसका लागि केही राहत दिनैपर्ने अवस्था छ। हामीले विभिन्न मोडलको बारेमा छलफल गरिरहेका छौं। एक/दुई दिनमा हामीले राहतको प्याकेज तयार पार्छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell