PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना भाइरसबाट जहान केटाकेटी बचाइदिन देउतालाई बलि, वडाध्यक्ष भन्छन्: रोग गाउँमा आउन नदिन चढाएको हो



पहिलोपोस्ट

कोरोना भाइरसबाट जहान केटाकेटी बचाइदिन देउतालाई बलि, वडाध्यक्ष भन्छन्: रोग गाउँमा आउन नदिन चढाएको हो

जाजरकोट : जिल्लाका विभिन्न स्थानीय तहमा कोरोना भाइरसलाई गाउँमा आउन नदिन देउताका नाममा बलि चढाइएको छ।

स्थानीय सरकारले प्रवाह गरेको सन्देश नमानेर गाउँलेहरु देवीदेवतालाई बलि दिन मन्दिर तथा थानमा पुगेका छन्। बारेकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जिल्लाका अधिकांश पालिकामा यो समस्या देखिएको बताए।

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरिरहे पनि गाउँले स्थानीय सरकारले प्रवाह गरेको सन्देश नमानेर बलि चढाउन देवीदेवताका मन्दिर तथा थानमा पुगेका हुन्। नलगाड नगरपालिकाको एैरारीमा तीन वटा बोकाको बलि दिइएको छ।

बारेकोट गाँउपालिका–२ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाइएका वडाध्यक्ष द्वारिका बुढाले बताए। अझै आफ्ना जहान केटाकेटी बचाइदिन देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उनले बताए।

त्यस्तै घरको मूलढोका खन्दा कोइला भेटिएको भन्दै तेलमा राखे मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण जिल्लामा धेरैले मूलढोका खन्ने गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell