PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका एक जनाको मृत्यु



पहिलोपोस्ट

बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका एक जनाको मृत्यु
फोटो : गोविन्द खनालको फेसबुकबाट

काठमाडौं : बुटवलमा प्रदेश सरकारले तयार पारेको अस्थायी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृ्त्यु भएको छ। ३४ वर्षीय उनी दुवईबाट फर्किएका हुन्।

बुटवल धागो कारखानमा बनाइएको अस्पतालमा नै उनको निधन भएको हो। उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको छ। त्यसले मात्रै मृत्युको कारण प्रष्ट हुनेछ। 

उनी चैत १३ गते आइसोलेसनमा भर्ना भएका थिए।

मृतकको स्वाबसँगै त्यही आइसोलेसन वार्डमा रहेका अन्य ६ जनाको स्वाब पनि परीक्षणका लागि काठमाडौं ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell