PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाविरुद्ध लड्न वर्षा शिवाकोटीले एक लाख सहयोग गर्ने



पहिलोपोस्ट

कोरोनाविरुद्ध लड्न वर्षा शिवाकोटीले एक लाख सहयोग गर्ने
तस्विर : मिलन ढुंगाना

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीले कोरोना भाइरसविरुद्धको लडाइमा एक आर्थिक सहयोग घोषणा गरेकी छिन्। उनले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको दैनिकीमा लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै एक लाख रुपैयाँ सहयोग गर्ने बताएकी हुन्। फेसबुकमार्फत्‍ भिडियो सन्देशसहित उक्त जानकारी दिएकी छिन्।

शिवाकोटीले लेखेकी छिन्,'सुरक्षाका लागि गरिएको लकडाउनले सबैलाई असर पारेको छ। विषेश गरी दिन रात मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई यो अवस्थामा निकै गाह्रो परेको छ। सरकारले उहाँहरुलाई जति सक्दो चाँडो राहत व्यवस्था गर्ने आशा छ।' 

उनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गर्ने भएकी हुन्।

उनले आफ्नै हातले राहत सामाग्री किन्ने इच्छा भएपनि सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्न नहुने बुझाइ रहेको जनाएकी छिन्। साथै भिडियोमा उनले कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई सम्बोधन गर्दै लेखेकी छिन् – नमन।

म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी वर्षाले 'नाईं नभन्नु ल २', 'पशुपति प्रसाद', 'लप्पन छप्पन', 'वीर बिक्रम' लगायत फिल्ममा अभिनय गरेकी छिन्।

यसअघि गायक प्रकाश सपुतले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई लाख नगद सहयोग घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell