PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चीनबाट आएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण



पहिलोपोस्ट

चीनबाट आएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं : चीनले सहयोग गरेका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तातरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्।

आतवार बिहान नेपाल वायु सेवा निगमको विमानबाट एसियाली धनाड्य तथा चिनियाँ कम्पनी अलिवावाका संस्थापक ज्याक माको ज्याक मा फाउन्डेसनले सहयोग दिएको १.४ मेट्रिक टन बराबरको सामग्री नेपाल आइपुगेको हो। सो सामग्री करिब २० लाख युयान बराबरको हो।

त्यस्तै, सोही विमानमा चीनको सिचुवान प्रान्तको यिविनबाट पनि नेपाललाई प्राप्त स्वास्थ्य सामग्रीसमेत नेपाल आइपुगेको छ। नेपाललाई सिचुवानको यिविनसँगै चीन सरकारले काठमाडौंस्थित चिनियाँ दूतावास मार्फत नेपाल सरकारलाई सहयोग प्रदान गरेको स्वास्थ्य सामाग्रीसमेत नेपाल आइपुगेको हो। यी सामाग्री १.१ मेट्रिक टन बराबर रहेको छ। यसको मूल्य तीन लाख युयान बढीको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell