PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउन थप्ने समन्वय समितिको सिफारिस



पहिलोपोस्ट

लकडाउन थप्ने समन्वय समितिको सिफारिस

काठमाडौं : मन्त्रिपरिषद कार्यालयमा आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ। तर कति दिन लकडाउन थप्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नेछ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आजै बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउनको अवधि थप्ने प्रस्ताव लैजाने निर्णय गरेको हो।

लकडाउनको भोलि अन्तिम दिन हो। त्यसैले समितिले समय थप गर्ने सिफारिस गरेको हो। कोरोना भाइरसको संक्रमण फैलन सक्ने देखिएपछि सरकारले लकडाउन सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell