PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनामुक्त भएर अमेरिका फर्किए टम ह्यांक्स दम्पती



पहिलोपोस्ट

कोरोनामुक्त भएर अमेरिका फर्किए टम ह्यांक्स दम्पती

हलिउड स्टार दम्पती टम ह्यांक्स र रीटा विल्सन कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। मार्चको दोस्रो साता अस्ट्रेलियामा भइरहेको फिल्म छायांकनका क्रममा उनीहरु अचानक बिरामी परे। र, परीक्षणपछि संक्रमण पुष्टि भएको थियो।

अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्ट कोस्ट अस्पतालमा उपचारपछि क्वारेन्टाइमा बसिरहेका थिए। आइतबार पूर्ण रुपले स्वस्थ भएपछि यी दुई अमेरिका फर्किए। ह्यांक्सले सामाजिक सञ्जालहरुमार्फत् आफूहरु अमेरिका फर्किएको बताएका हुन्। उनले आफूहरुको उपचारमा खटेका अष्ट्रेलियाली चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्।

उनले आफू र रीटाको स्वास्थ्य लाभ गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै भनेका छन्,'हामी केही समय सामाजिक दूरी कायम राख्छौं।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell