काठमाडौं : आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले दुई साताको लागि अन्तराष्ट्रिय हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ।
समितिको बैंठकले अप्रिल १५ गते( बैशाख ३) सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै लकडाउनको समय पनि थप गर्ने भएको छ। लकडाउन कति समय थप्ने भन्ने चाहिँ मन्त्रिपरिषदको बैठकले गर्नेछ।
यसअघि समितिले सात दिन लकडाउन गर्ने निर्णय गरेको थियो। पहिलो पटकको लकडाउनको समय भोलि सकिँदैछ। मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएपछि लकडाउनको समय भने कति थपिने भन्ने आउनेछ।
सरकारले कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना देखिपछि लकडाउन घोषणा गरेको। अहिले सम्म पाँच जनामा कोरोना भाइसक्रमण देखिएको छ। त्यस्तै आइतवार एक जना बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका एक पुरुषको मृत्यु भएको छ।