PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

विदेशबाट फर्किएर क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय



पहिलोपोस्ट

विदेशबाट फर्किएर क्वारेन्टाइनमा नबस्नेलाई कैद सजाय
फाइल फोटो

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेहरुलाई कैद सजाय हुने भएको छ।

आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार सजाय दिने निर्णय गरेको हो।  

यस ऐन अन्तर्गत दिइएको आदेश अपहेलना गर्नेलाई एक महिनासम्म कैद र एक सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ।

यसअघि समितिले चैत १ गतेबाट लागू हुनेगरी विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य १४ दिने क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो।

हालसम्म फ्रान्स, कतार, दुबई, चीन, बेल्जियमबाट फर्किएका पाँच नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै सोही विमानमा आएका अन्य यात्रुको पनि परीक्षणका लागि सम्पर्कमा आउन आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell