PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

मन्त्रिपरिषद् बैठकमा सामाजिक दुरी



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठकमा सामाजिक दुरी

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा सामाजिक-भौतिक  दुरीको सिद्धान्तलाई अवलम्बन गरिएको पाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउँदै दुरी राखेर बैठक बसेको हो। बैठकको बीचमा प्रधानमन्त्री छन् भने मन्त्रीहरु दुरी राखेर बसिरहेका छन्। नागरिकलाई सन्देश दिनका लागि पनि मन्त्रिपरिषदले सामाजिक दुरी राखेर बैठक गरेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मास्क लगाएका छन्। 

अघिल्लो आइतबारको बैठकमा भने दुरी कायम गरिएको थिएन। आजको बैठकले लकडाउन लम्ब्याउने तथा राहत प्याकेजबारे निर्णय लिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell