PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ऋणीलाई राष्ट्र बैंकको राहतः किस्ता तिर्न असारसम्मको समय, चैतमा तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट



पहिलोपोस्ट

ऋणीलाई राष्ट्र बैंकको राहतः किस्ता तिर्न असारसम्मको समय, चैतमा तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट
फाइल फोटो

काठमाडौँः नेपाल राष्ट्र बैंकले पुनः कर्जा कोषको रकम १० अर्व रुपैयाँले बढाउँदै चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि दुई महिनालाई थप गरेको छ।

कोरोना भाइरस संक्रमणसँगै उद्योग व्यवसाय समस्या परेका बेला राष्ट्र बैंकले राहत प्याकेज ल्याएको हो। चैतसम्म कुनै कर्जा नवीकरण नभए पनि त्यसलाई असल ऋणमै गणना गर्न पाइने छ। राष्ट्र बैंकले सूक्ष्म निगरानीमा नराखे पनि हुने व्यवस्था गरेको हो।

उद्योगीसँगै सर्वसाधारणले समेत राहत पाएका छन्। चैतमा असुल गर्नु पर्ने मासिक त्रैमासिक किस्ता रकम असार मसान्तसम्म भुक्तानी समय मिलाउन भनिएको छ। यसमा क्रेडिट कार्ड समेत पर्नेछ। यसमा कुनै पनि किसिमको शुल्क वा हर्जाना लिन पाइने छैन। किस्ता असुल नभएका कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्दैन।

यदि कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा उसलाई ब्याज रकममा १० प्रतिशत छुट पाउने छ। छुट रकम आधार दरभन्दा तल भने दिन पाइँदैन।

गत पुस मसान्तसम्म ब्याज तथा साँवा भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरूले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहे तापनि आवश्यकता अनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाइ ५ दिनभित्र दिइसक्नु पर्छ। यस्तो कर्जा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन पाइँदैन।

राष्ट्र बैंकबाट स्वीकृति लिएर गत पुस वा चैत मसान्तसम्मका लागि ब्याज पुँजीकरण गरिएका ऋणीहरूको हकमा आगामी असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell