PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनको समय चैत २५ गतेसम्म थपियो



पहिलोपोस्ट

लकडाउनको समय चैत २५ गतेसम्म थपियो

काठमाडौँः सरकारले कोरोना महामारी फैलिन नदिन घोषित लकडाउनको अवधि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि चैत २५ गते राति १२ बजेसम्म सम्म थप गरेको हो।  

यसअघि सरकारले चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म एक साताका लागि लकडाउन गरेको थियो। व्यक्तिको आवागमन रोकिए पनि ढुवानी लगायतका काम चालु रहनेछन्। 

आइतबार नै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले लकडाउनको अवधि थप्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell