PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

सोमवारदेखि हेटौँडाबाटै कोभिड-१९ को परीक्षण हुने



रासस

सोमवारदेखि हेटौँडाबाटै कोभिड-१९ को परीक्षण हुने
Photo: John Minchillo/AP

हेटौँडा : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमवारदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण हुने बताएका छन्। आइतवार मन्त्री दुलालले हेटौँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको  प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड-१९ को परीक्षण गरिने बताए।

उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीँ परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताए। मन्त्री दुलालले प्रदेश नम्बर २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौँडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे। संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेसन कक्ष निर्माण गरेको छ।

मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell