PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५० हजार डलरमाथिका गाडी आयातमा रोक, सुनको कोटा आधा झारियो, मदिरा आयात गर्न नपाइने



पहिलोपोस्ट

५० हजार डलरमाथिका गाडी आयातमा रोक, सुनको कोटा आधा झारियो, मदिरा आयात गर्न नपाइने

काठमाडौँः सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ। अत्यावश्यकीय आयातमा खुकुलो नीति लिएर वैदेशिक मुद्रा मौज्दातमा दबाब पर्ने भएकाले सरकारले महङ्गा गाडी आयातमा रोक लगाएको हो।

अहिले अत्यावश्यकीय आयातलाई खुकुलो बनाइएको छ भने विदेशमा रहेका विद्यार्थीलाई थप पैसा पठाउन बाटो खोलिएको छ।

सरकारले सुन आयातको कोटा पनि घटाएको छ। दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको छ।

सरकारले छोकडा, ल्वाङ, सुकुमेलजस्ता बस्तुको आयातमा पनि रोक लगाएको छ। साथै मदिरा आयातमा पनि रोक लगाएको छ। यो रोक अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell