PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लकडाउनमा सफा अनि सुन्दर काठमाडौं !

लकडाउनमा सफा अनि सुन्दर काठमाडौं !

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको प्रकोपको जोखिम बढेसँगै मानिसहरु काठमाडौं उपत्यका छाडेर घर फर्किन थाले। चैत लागेसँगै शैक्षिक संस्थाहरु बन्द भए। जसका कारण विद्यार्थीदेखि अभिभावकसम्म आ-आफ्नो गाउँ फर्किए। उपत्यकामा मानिसको चहलपहल कम हुन थाल्यो।

एक साताअघि देशमा लकडाउन सुरु भएपछि त चहलपहल ठप्पै। त्यसयता मानिसहरु घरभित्रै रहेर कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा छन्। यस माहामारीको जोखिम कम गर्न र रोकथामका लागि मानिस बाहिर निस्किएनन्।

मानिसको चहलपहल नभएपछि फोहोर कम भए। गाडी गुडेनन्। धुँवा धुलो उडेनको छैन। त्यसैले काठमाडौं सुनसान त देखिएको छ नै साथै सुन्दर अनि सफा पनि।

सधैं भिडभाड अनि व्यस्त रहने काठमाडौंका सडकमा सुरक्षाकर्मी खटिएका छन्। अस्पताल, सञ्चार माध्यम, एम्बुलेन्स लगायत अत्यावश्‍यक सवारी मात्र गुड्न दिइएको छ। त्यसैले शान्त छ शहर। उपत्यकाबाटै हिमालहरु समेत प्रष्ट देखिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell