PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बिहानै काठमाडौंबाट ६ सय जना पक्राउ, मेट्रो प्रमुखले भने 'लकडाउन अवज्ञा गर्ने आज ३ घण्टा भोलि ४ घण्टा थुनामै' 



पहिलोपोस्ट

बिहानै काठमाडौंबाट ६ सय जना पक्राउ, मेट्रो प्रमुखले भने 'लकडाउन अवज्ञा गर्ने आज ३ घण्टा भोलि ४ घण्टा थुनामै' 

काठमाडौं : लकडाउनको सातौं दिन (आज) बिहानै सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ७ बजेसम्ममा काठमाडौंबाट मात्र ६ सय ५४ जना पक्राउ परेका छन्।

त्यस्तै ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जनालाई लकडाउन अवज्ञा गरेकोमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी विश्वराज पोख्रेलले बताए। भने,'आजबाट सडकमा निस्कनेलाई तीन घण्टा सडकमै राखिन्छ। अस्तिसम्म केहीबेर राखेर सम्झाइ बुझाइ गरेका थियौं। तर अब कारवाही नै गर्नुपर्ने देखियो।'

डिआइजी पोख्रेलले नियन्त्रणमा लिइएकाले सडकमै घेराबन्दी गरेर बनाइएको नियन्त्रण केन्द्रमा रहनु पर्ने जानकारी दिए। 'यसरी अवज्ञा गर्नेलाई प्रत्येक दिन सडकमा राखिने घण्टा थप्दै लान्छौं', भने,'आज तीन घण्टा भोलि चार घण्टा।'

त्यस्तै प्रहरीले उपत्यकाभित्र मात्रै ८४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell