PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भर्चुअल नाट्य महोत्सवको चौंथो दिन, नाटक 'पाँच' देखाइँदै



पहिलोपोस्ट

भर्चुअल नाट्य महोत्सवको चौंथो दिन, नाटक 'पाँच' देखाइँदै

काठमाडौं : शरीरको भाषाबाट कथा भन्ने शैलीमाथि गरेको थिएटर एक्स्पेरिमेन्टको हो नाटक 'पाँच।' नेपाली रङ्गमञ्चमा सम्भवतः पहिलो फिजिकल नाटक हो। यस नाटकमा पाँच जना कलाकारले केही नबोली कथा भन्छन्।

पात्रहरुले भन्ने कथाले आशा निराशा, प्रेम घृणा, सुख दु:ख समेट्छ। राजनीतिक अस्थिरताले पारेको असर पनि यहाँ अटाउँछ। आफ्नो तरिकाले बाँच्न गाह्रो सामाजका मुद्दाहरू, यौन दुर्व्यवहार गर्ने र पीडामा पर्नेहरूको विषय पनि उठाउँछ। एउटाको काँध चढेर माथि पुग्नेहरू, अरुको समस्या ट्वाल्ल परेर हेर्नेहरूको कथा पनि भन्छ।

सोमबार 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'को चौथो दिन नाटक 'पाँच' देखाइने भएको छ। सुदाम सिकेको परिकल्पना तथा निर्देशन रहेको यस नाटकमा आयान खड्का, इङ्गीहोपो कोइंच सुनुवार, रिजन परियार, आलोक थामी, सुरज तमुको अभिनय रहेको छ।

साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ। कथाघेराको प्रस्तुति रहेको नाटक 'पाँच' यसअघि कौसी थिएटरमा मञ्चन भएको थियो। नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि देखाइएको थियो।

यसअघि 'मान भर्सेस मती', 'राजेन्द्रलक्ष्मी' र ‘जालिनी’ देखाइयो।

थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको यस भर्चुअल महोत्सव शुक्रबारसम्म चल्नेछ। 

योपनि पढ्नुस् : मौनताको चर्को आवाज : शारीरिक भाषामा सुदामको थिएटर एक्स्पेरिमेन्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell