PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

मानव सेवा आश्रमलाई डिआइजी पोखरेलले गरे खाद्य सामाग्री हस्तान्तरण, उपभोग्य सामाग्रीहरूको अभावमा प्रहरीलाई सम्पर्क गर्न आग्रह



पहिलोपोस्ट

मानव सेवा आश्रमलाई डिआइजी पोखरेलले गरे खाद्य सामाग्री हस्तान्तरण, उपभोग्य सामाग्रीहरूको अभावमा प्रहरीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं : सामाखुसीस्थित मानव सेवा आश्रमलाई एन आइसी एसिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले खाद्य सहयोग गरेका छन्। 

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिने आशंकमा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको डिआइजी पोखरेलले बताए।        

प्रहरीलै विभिन्न आश्रमहरूमा रहेका आश्रित व्यक्ति तथा मजदुरको लागि निरन्तर खाद्य सामाग्री सहयोग गर्ने भएको छ। लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने डिआइजी पोखरेलले बताए।

संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामाग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell