PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

युएइमा आइतबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



पहिलोपोस्ट

युएइमा आइतबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
Photo : Reuters

आइतबार युनाइटेड अरब एमिरेट्समा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। ४७ वर्षीया अरबी महिलाको मृत्यु भएको हो। उनी कोरोना संक्रमणअघि अन्य स्वास्थ्य समस्याको उपचार गराइ रहेकी थिइन्।

योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।

युएइमा हालसम्म ५७० जना संक्रमित छन्। जसमध्य १०२ नयाँ संक्रमित संख्या आइतबार मात्रै पुष्टि भएको हो।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकाहरुको निकट रहेका र उनीहरुको सम्पर्कमा रहेका परिवार, आफन्त, साथभाइ लगायतलाई 'ट्रेस' र 'टेस्ट' गर्दा नयाँ संक्रमण देखिएको हो। केही भने विदेशबाट फर्किएपछि कोरोनाको लक्षणसँग मिल्दा समस्या देखिएको र परीक्षणको नतिजा सकारात्मक आएकाहरु पनि छन्।

युएइको स्वाथ्य मन्त्रालयले त्यहाँ रहेका प्रत्येक दश लाख मानिसमध्ये बाइस हजार नौ सयको परीक्षण गराइ रहेको छ। जुन विश्वको दोस्रो उच्च घनत्व भएको गल्फ न्यूजमा जनाइएको छ।

युएइमा हालसम्म ५८ जना संक्रमित उचित उपचारपछि कोरोना भाइरस संक्रमण मुक्त भइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell