PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतीय भूमिमा नारावाजी गरेको भिडियो भाइरल भएपछि देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?



पहिलोपोस्ट

भारतीय भूमिमा नारावाजी गरेको भिडियो भाइरल भएपछि देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?

काठमाडौं : सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरुले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल उनीहरुलाई नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन्।

भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपालीहरुको ठूलो संख्या यतिखेर महाकाली नदी किनारमा अलपत्र छन्। झोलुङ्गे पुलबाट नेपाल छिर्ने ठाउँमा ताल्चा लगाइएका कारण उनीहरु अलपत्र परेका हुन्। सूदूर पश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लाबाट भारतमा काम गर्न पुगेकाहरु यो नाकामा आइपुग्दा अलपत्र परेका हुन्।

उनीहरुले भारतीय भूमिमा बसेर नेपाल सरकारविरुद्ध नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियो भाइरल बनेपछि प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति देउवाले आज ट्विट गर्दै प्रश्न गरेका छन् : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?

उनले दार्चुला सदरमुकाम पारी भारतको धारचुलामा रहेका सयौ नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell