PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कोरोनाको उपचार सामग्री लिएर उडेको 'स्काइ ट्रक'भित्र एक्कासी फैलियो गन्ध, फर्काएर काठमाडौंमै ल्यान्ड



सविन ढकाल

कोरोनाको उपचार सामग्री लिएर उडेको 'स्काइ ट्रक'भित्र एक्कासी फैलियो गन्ध, फर्काएर काठमाडौंमै ल्यान्ड

काठमाडौं : चीनबाट हिजोमात्र ल्याइएको कोरोना रोकथाम र उपचारका लागि प्रयोग हुने सामाग्री लिएर प्रदेश १ र सुदूर पश्चिम प्रदेश गएको सेनाको स्काइ ट्रक (हेलिकप्टर) मध्ये एउटा फिर्ता भएको छ। हेलिकप्टरभित्र एक्कासी गन्ध फैलिएपछि काठमाडौं नै फिर्ता गरिएको हो।

एक्कासी हेलिकप्टरभित्र फैलिएको गन्धका कारण चालक दलले काठमाडौं फर्किने निर्णय गरेको थियो।

'सेलिटाइजरको प्याकेट लिक भएछ। त्यसको गन्धले पाइलटलाई गाह्रो भएपछि फिर्ता ल्याइएको हो। फेरि जान्छ,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

हेलिकप्टरभित्र कडा राग आएका कारण फर्किएको हेलिकप्टरमा रहेका सामग्रीको पुन चेक गरेर लिक भएको सेनिटाइजरको प्याकेटलाई सिल गरेर उडाउने तयारी भइसकेको पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell