PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

यस्तो छ खुला आकाशमुनिको 'सडक हिरासत'

यस्तो छ खुला आकाशमुनिको 'सडक हिरासत'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अहिले काठमाडौंका मुख्‍य चोकका सडक किनारमा मानिसहरु ठिङ्ग उभिएको अवस्थामा देख्न सकिन्छ। सबै करिव एक मिटरको दुरीमा उभिएका हुन्छन्। उनीहरुलाई उभिएको ठाउँबाट यता उता हिँड्न समेत अनुमति छैन।  

वरपर घेरिएको प्लास्टिकको डोरी उनीहरुका लागि 'लक्ष्मण रेखा'जस्तै हो। जहाँबाट निस्कन पाउँदैनन्। त्यही हो प्रहरीको खुला आकाशमुनिको  सडक हिरासत।

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई अहिले प्रहरीले बनाएको यस्तै सडक हिरासतमा राखिएको छ। उनीहरुलाई तीन घण्टासम्म त्यहीं राखिन्छ। 'गाडीमा ल्याएर राख्दा पनि संक्रमण हुने सम्भावना देखियो। त्यसैले त्यहीं नै दुरी कायम गरेर राखिएको हो', महानगरीय प्रहरी परिसर काठमाडौंका होबिन्द्र बोगटीले भने।

प्रहरीले दैनिक औसत् ३ हजार मानिसलाई नियन्त्रणमा लिइरहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell