PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना राहत कोषमा नेपाल क्रिकेट खेलाडी संघद्वारा ४ लाख ६२ हजार सहयोग



पहिलोपोस्ट

कोरोना राहत कोषमा नेपाल क्रिकेट खेलाडी संघद्वारा ४ लाख ६२ हजार सहयोग
फाइल फोटो

काठमाडौं : नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना राहत कोषमा ४ लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

सिप्यानले चैत २१ गते ‘एनसिसिएस सिप्यान अवार्ड २०२०’ आयोजना गर्ने तयारी गरेको थियो। तर, बढ्दो कोरोनाको कहरसँगै उक्त अवार्ड कार्यक्रम स्थगित गरिएको थियो।

‘अवार्डमा तय गरिएको ४ लाख ६२ हजार बराबरको रकम हालको परिस्थिति मध्यनजर गर्दै नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोषमा सम्पुर्ण क्रिकेट खेलाडीहरुको प्रतिनिधित्व गर्दै आयोजक सिप्यान र प्रायोजक एनसिसिएसको तर्फबाट सहयोग उपलब्ध गराउने ब्यहोरा जानकारी गराउँछौं,’ सिप्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा अवार्ड कार्यक्रमको अर्को संस्करण सन् २०२१ मा हुने बताइएको छ।

यसपटक वर्ष क्रिकेट खेलाडी (पुरुष), वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी पाँच विधामा पुरस्कार दिइने सिप्यानको तयारी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell