2.jpg)
काठमाडौं : दुई दिनअघि साइप्रसमा रहेका नेपाली विद्यार्थीलाई पैसा पठाउनका लागि सहजीकरण गरेको सरकारले अब बाँकी देशमा रहेका नेपाली विद्यार्थीलाई पनि निर्वाह खर्च पठाउन दिने भएको छ। हिजोमात्र यसबारे सरकारले निर्णय लिएको हो।
साइप्रसका लागि राष्ट्र बैंकले ३ सय युरो पठाउन दिने ब्यवस्था गरेको थियो।
पठाएको रकमको बेनिफिसरी सम्बन्धित विद्यार्थी हुनुपर्छ। यसअघि उनीहरुले वार्षिक रुपमा एउटा निश्चित रकम पाउँथे। अब भने निर्वाहका लागि थप रकम पाउनेछन्।
यसको ब्यवस्था भने राष्ट्र बैंकले मिलाउनु पर्छ। विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा अध्ययन गरिरहेको कागजातसहित बैंक तथा वित्तीय संस्थामा परिवारले निवेदेन पेश गर्नुपर्ने हुन्छ।
सटही सुविधा माग गर्ने ब्यक्तिले अन्य बैंकबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ। यस्तो रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक र आफन्त जिम्मेवार हुने छन्।
अहिले संसारका धेरै देश लकडाउन भएका कारण विद्यार्थीलाई आफ्नो खर्च उठाउन गाह्रो पर्न थालेको छ। त्यही भएर सरकारले उनीहरुको निर्वाहका लागि पैसा दिन लागेको हो। देशअनुसार २५ सयदेखि ८ हजार डलरसम्म वार्षिक निर्वाह खर्च पाइँदै आएको छ। अब यसमा थप रकम बढाउन लागिएको हो।