PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको गयो ज्यान, कारण खुलेको छैन



पहिलोपोस्ट

पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको गयो ज्यान, कारण खुलेको छैन

काठमाडौं : पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको मृत्यु भएको छ।

धादिङ् खनियाँ गाउँपालिका ४ घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर ललिपुरका एसपी दुर्गा सिंहले आइतवार पाटनमा भर्ना भएका पुरुषको मृत्युको जानकारी दिइन।

'मृत्यु भएको खबर आएको हो। तर मृत्युको कारण भने खुलेको छैन,' उनले भनिन्।

तामाङ थर भएका पुरुष चैत १३/१४ गते भारतबाट फर्किएका हुन्। उनमा उच्च तापक्रम देखिपछि आइतवार पाटन अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमणको आशंका भए पनि यसबारे केही खुलेको छैन। 

आइवारमात्र बुटबलमा एक पुरुषको यसैगरी मृत्यु भएको थियो। बुटवलको कोरोना अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका उनी पनि विदेशबाट फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell