PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

काँधमा सिलिन्डर बोकाएर सजायँको भाइरल फोटोबारे प्रहरी : छानविन हुँदैछ कारबाही हुन्छ



पहिलोपोस्ट

काँधमा सिलिन्डर बोकाएर सजायँको भाइरल फोटोबारे प्रहरी : छानविन हुँदैछ कारबाही हुन्छ
यो फोटो भाइरल छ, सामाजिक सञ्जालमा।

काठमाडौं : सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल छ अहिले।

फोटोमा एक महिला प्रहरीले एक पुरुषलाई सिलिन्डर काँधमा राखेर सडकमा यातना दिएको देखिन्छ। महिला प्रहरीले हातमा प्लेकार्ड पनि बोकेकी छिन्। लकडानको समयमा सडकमा देखिने मानिसलाई कारबाही गरिरहेको छ प्रहरीले।

सडकमा भेटिएका मानिसलाई तीन घण्टासम्म सडकमा नै उभ्याएर घर फिर्ता पठाउँछ। तर, यसरी सिलिन्डरको भारी बोकाएरै सजायँ दिएको दृष्यले प्रहरी आलोचित हुन पुग्यो। जबकि अति आवश्यक वस्तु लिन गृह प्रशासनले नै रोक नलगाइने जनाइसकेको छ।

आखिर प्रहरीलाई बदनाम हुनेगरी कसले कहाँ दियो सजायँ?

'हामी पनि यस विषयमा खोजी गरिरहेका छौं। कसैले थाहा पाएको भए कहाँको र प्रहरीको नाम भन्नुहोला,' नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीले भने।

उनका अ नुसार प्रहरीले अहिले यसको छानविन गर्न केन्द्रीय साइबर ब्यूरोलाई निर्देशन दिइसकेको छ। 'हामी यस्ता प्रहरी कर्मचारीलाई कारवाही गर्छौं,' एसएसपी जोशीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell