PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार नाघ्यो



पहिलोपोस्ट

भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार नाघ्यो
PHOTO : Rajanish Kakade/AP

काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकरी अनुसार कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ७१ जना पुगेको बीबीसी हिन्दीले जनाएको छ।

महाराष्ट्रमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। कर्नाटकमा ३ जना, उत्तर प्रदेशमा १, गुजरातमा ५, दिल्लीमा २, तमिलनाडुमा १, पन्जाबमा १, तेलंगनामा १, जम्मू कश्मीरमा २, मध्य प्रदेशमा २, पश्चिम बंगाल, विहार र हिमान्चलमा १/१ जनाको मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोनाका संक्रमित देखिएका छन्। अमेरिकामा १ लाख ४२ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

विश्वमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ लाख मानिस संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell