PahiloPost

May 26, 2024 | १३ जेठ २०८१

आज एकै दिन ७६ जनाको कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी



पहिलोपोस्ट

आज एकै दिन ७६ जनाको कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

काठमाडौं : सरकारले ९ सय ९३ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। आज ७६ जनाको टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

टेकुमा ४ जना र पाटनमा ३ जना आइसोलेसनमा रहेको उनले बताए। प्रदेशमा ९३ जना आइसोलेसनमा र २ सय बढीको नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ। 

कोरोना संक्रमितका आफन्तको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनले बताए। अहिलसम्म कोरोना संक्रमितका आफन्तको कोरोना टेस्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए। १३ सय भन्दा बढी कल सेन्टरमा कल आएको उनले जानकारी दिए।

'अहिलेसम्म दुई वटा कल सेन्टरमा गरी १३ सय बढी कल आएका छन् र तिनको उत्तर दिइरहेका छौं,' देवकोटाले भने।

उनका अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा क्वारेन्टाइनमा राखिएका युवाको कोरोना रिपोर्ट नेगेटिभ भएको छ। पाटनमा मृत्यु भएका ३६ वर्षीय पुरुषको नमुना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

सोमवार वीर अस्पतालमा मृत्यु भएका दुबै जना कोरोना संक्रमित  भए नभएको भन्ने पुष्टि हुन रिपोर्ट आउन बांकी रहेको प्रवक्ता देवकोटाले बताए।

एकजना डाइबेटिजको बिरामी र अर्को भारतीय नागरिक र उहाँ पनि अरु रोगको विरामी हो तर कोरोना परीक्षण भइरहको छ। रिपोर्ट आएपछि भन्ने नै छौं।

सरकारले विदेशबाट आएका ४१ हजार १ सय ४४ बाहिरबाट आएका नेपालीको ट्रेसिङ गरेको छ।

विदेशबाट आएकाहरुको सम्पूर्ण जानकारीसहित ट्रेसिङ गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए।

उनले नयाँ कोरोना पोजेटिभ केस नदेखिएको बताए।

चीनबाट ल्याएका मेसिनबाट धनगढी बुटवल र विराटनगरमा कोरोना परीक्षण थालिएको देवकोटाले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै पछिल्लो समय फेसबुकमार्फत् ब्रिफिङ गरिरहेको छ।

पत्रकार सम्मेलन गर्दा पनि कोरोना सर्ने डर भएपछि फेसबुक मार्फत् जानकारी दिन थालिएको हो।

मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कर्फ्यू र हिजोको आन्दोलन जस्तो नभएकाले साँझपख पनि बाहिर नआउन अपील गरे।

उनले आफूले साँझ मानिसहरु बाहिर आउँदा पनि अंकमाल गरेको देखेको बताए।

'हामीले त बजारमा अंकमाल मारेर गएको देखेका छौं त्यसो नगर्नु होला। अत्यावश्यक सामान किन्न आउँदा पनि टाढा बस्नुहोला,' उनले भने।

उनले चिकित्सकलाई विश्व स्वास्थ्य संगठनको मात्रै सूचना प्रवाह गर्न आग्रह गरे।

उनले यसबाहेकका सूचना दिने डाक्टरलाई कारवाही गर्ने चेतावनी पनि दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell