PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना रोकथामविरुद्ध लडाइका लागि चलचित्र कलाकार संघको आर्थिक सहयोग



पहिलोपोस्ट

कोरोना रोकथामविरुद्ध लडाइका लागि चलचित्र कलाकार संघको आर्थिक सहयोग

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ। संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा एक लाख रुपैंया जम्मा गर्ने निर्णय गरेको हो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा सो निर्णय भएको विज्ञप्तीमा जनाइएको छ।

'नेपालमा पनि कोरोना संक्रमण बचाउका लागि राज्य र नागरिक तहबाट विभिन्न उपाय अबलम्वन भैरहेका छन्। सरकार पनि आफ्नो साधन श्रोत र क्षमताले भ्याएसम्म नागरिकको सुरक्षा र बचाउनका लागि प्रयत्नशील छ', जारी विज्ञप्तीमा लेखिएको छ,'देशमा आइपरेको हरेक परिस्थितिमा नेपाल चलचित्र कलाकार संघ देश र जनताका लागि सहयोग गरिएको हो।'

संघले लकडाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिक तथा चलचित्रकर्मीहरू पनि समस्यामा परेको विषयमा भनिएको छ - सम्बन्धित निकायको ध्यान जाओस्। राहत उपलब्ध गराइयोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell