PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लकडाउनको सातौं दिन : ‘अझै घरमा बस्नुस्, रहे फेरि घुमौंला’

लकडाउनको सातौं दिन : ‘अझै घरमा बस्नुस्, रहे फेरि घुमौंला’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्तालाई गरेको लकडाउन फेरि ८ दिन थप गरेको छ। आज लकडाउनको सातौं दिनसम्म पुग्दा नेपालममा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् भने ४ जना अस्पतालमा नै छन्।

लकडाउनको समयमा तरकारी, खाद्यन्न किन्न बाहिर निस्कन नागरिकलाई छुट दिइएको छ। बिहान र बेलुकी तरकारी बजारमा सामान किन्नेहरुको भिड लाग्ने गरेको छ। तर, त्यो समयमा पनि शारिरिक दुरी कायम गर्नुपर्छ।

सरकारले लकडाउन घोषणा गरेको एक साता बितिसक्दा पनि अझै केही स्थानमा मानिसहरु निर्वाध रुपमा बाहिर निस्किरहेका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिरहेको छ। भाइरस संक्रमितहरु सँग सम्पर्कमा आएका मानिसहरुलाई ‘ट्रेस’ गर्ने काम सरकारले गरिरहेको छ। यससँगै विदेशबाट आएकाहरुमा समेत भाइरसको सम्भावना भएकाले उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ।

देश नै लकडाउन भएसँगै लाखौं जनता घर भित्रै छन्। व्यस्त रहने काठमाडौंका सडकले आराम गरिरहेको छ। प्रदुषण कम हुँदा  आकाश सफा देखिएको छ। तर, संक्रमणको त्रास अझै कायमै छ। सबैजना घरमा बस्दा संक्रमण फैलिने सम्भावना कम हुन्छ। तर बाहिर हिँड्दा संक्रमणको जोखिम उच्च हुन्छ। त्यसैले सरकारले थप गरेको लकडाउनको समयमा घर भित्रै बसेर भाइरसको नियन्त्रण गर्न सहयोग गर्नु नै सबैभन्दा राम्रो उपाय हो।



ट्रेन्डिङ पोस्ट

Ncell