PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लकडाउनले रोकिएन चैते छठको पूजा



पहिलोपोस्ट

लकडाउनले रोकिएन चैते छठको पूजा

काठमाडौँः कोरोनाका त्रासका बीच गुहेश्वरी लगायतका नदी किनारामा चैत छठको पूजा गरिएको छ। तराईमा विशेष धुमधामका साथ पर्व मनाइने भए पनि कोरोनाका कारण यो वर्ष छायामा पर्‍यो। तर, त्रासबीचमै गुहेश्वरी लगायतका नदी किनारामा केही व्यक्तिहरुले छठ पूजा गरेका छन्।

तराईमा कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मुख्यगरि छठ मनाइन्छ। चैते छठ विशेष भाकल रहेकाले मात्र मनाउने प्रचलन छ।

चैते छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिन्छ। मंलगबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिन्छ। छठमा पोखरी, नदी तलाउमा पूजा गरेर सुख, शान्ति र समृद्धिको कामना गर्ने प्रचलन छ।

अर्घ्यमा ठेकुवा, कसार, उखु, नरिवल लगायतका मिष्ठान्न चढाइन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell