PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौं प्रहरीलाई प्रतिष्ठानद्वारा खानेपानी सहयोग



पहिलोपोस्ट

काठमाडौं प्रहरीलाई प्रतिष्ठानद्वारा खानेपानी सहयोग

काठमाडौं: सरोज ‌ओली प्रतिष्ठान (एसओपी)ले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सय कार्टुन (१२ सय बोतल) खानेपानी सहयोग गरेको छ।

सोमबार प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद ओलीले परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई खानेपानीको कार्टुन हस्तान्तरण गरे। लकडाउन सफल पार्न दिनभर घाममा खटिएर पानीसमेत खान नपाएका सुरक्षाकर्मीलाई खानेपानीको व्यवस्था होस भनेर आफूले सहयोग गरेको ओलीले बताए।

महामारीको यो घडीमा यस्तै साना साना सहयोगका कार्यक्रम जारी राख्ने ओलीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell