PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोनाको आशंकामा अस्पताल आएका बिरामीको उपचार गर



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोनाको आशंकामा अस्पताल आएका बिरामीको उपचार गर

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को शंका लागेर उपचारको लागि गएकालाई अस्पतालले भर्ना गर्न अस्वीकार गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले उपचार गर्न निर्देशन दिएको छ। मन्त्रालयले सोमवार निर्देशन जारी गर्दै हब अस्पताल, शिक्षण अस्पताल, प्रतिष्ठान लगायतलाई पहिलेको जसरी नै उपचार गर्न निर्देशन दिएको हो।

आकस्मिक सेवासँगै कोभिड-१९ क्लिनिक सञ्चालन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ। उपचारमा संलग्नको सुरक्षा व्यवस्था गर्न पनि मन्त्रालयले भनेको छ।

‘सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्तको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउनु पर्ने,’ निर्देशनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell