PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

लकडाउनको सातौं दिन : जब सन्ध्या भयो… घरको लागि सामान जोहो गर्नै पर्‍यो

लकडाउनको सातौं दिन : जब सन्ध्या भयो… घरको लागि सामान जोहो गर्नै पर्‍यो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिने भन्दै सरकारले घोषणा गरेको लकडाउनको आज सातौं दिन। सरकारले थप ८ दिन लकडाउन कायम राख्ने बताइसकेको छ र मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ।

यद्यपि, बिहान र बेलुकी पख भने खाद्यन्न, तरकारी लगायतका सामानहरु किन्न सरकारले छुट दिएको छ। केही भने बिना काम नै बाहिर निस्किरहेका  भेटिन्छन्।

काठमाडौंको पुराना वस्तीहरुमा साँझ परेसँगै मानिसहरु आफूलाई चाहिने  सामान किन्न घरबाट निस्किए। केही तरकारी किनिरहेका देखिए, केही औषधी पसलमा। किराना पसलमा पनि गाह्रकको घुँइचो देखिन्थ्यो। 

भित्री गल्लीहरुमा समेत प्रहरीको बाक्लो उपस्थिति थियो। बिना काम बाहिर निस्कने र सवारी साधनलाई नियन्त्रणमा लिएर उनीहरु सचेत गराइरहेका देखिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell