PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

विपद्मा जनताको सहारा बन्न सहकारी संस्थालाई मन्त्री अर्यालको निर्देशन



पहिलोपोस्ट

विपद्मा जनताको सहारा बन्न सहकारी संस्थालाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छिन्। राष्ट्रव्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग मन्त्री अर्यालले छलफल गरेकी हुन्।

मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएका एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन  गर्न निर्देशन दिएकी छिन्। त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिइन्। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत मन्त्री अर्यालले निर्देशन दिइन्।

मन्त्री अर्यालले भनिन्, ‘मुलुक अहिले संकटमा छ। यस्तो विपद्को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छ। यो अभियान सबैतिर फैलिएको छ। त्यसैले तपाईहरुले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस्।’

यसअघि आइतवार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ।

त्यस अवसरमा यो परिस्थितिमा आउँदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो। बैठकले राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell