.jpg)
काठमाडौं : लकडाउनको समय अलपत्र परेका यात्रु बोकेर हिडेको पिक अप रामेछापको खाँडादेवी १ राकाथुममा दुर्घटना भएको छ। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
भक्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्वरको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी वसन्त पाठकले जानकारी दिए। लकडाउनको समय सवारी चलाउन रोक छ। तर, भक्तपुरका इँटा भट्टामा काम गर्ने मजदुरले रातिको समयमा पिक अप लिएर गएका थिए।
'उनीहरुले अनुमति लिएर गाडी लगेको बताएका छन्। तर कुनै पनि प्रशासनले अनुमति दिएको पास भेटिएको छैन,' डिएसपी पाठकले भने।
गाडीमा ३/४ परिवारका सदस्यहरु भएको खुलेको छ। घाइते हुनेहरुमा बालबच्चा समेत रहेका छन्।