PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सामाजिक सञ्जालमा भाइरल फोटोः निर्ममतापूर्वक कुट्ने हवल्दार निलम्बित



रासस

सामाजिक सञ्जालमा भाइरल फोटोः निर्ममतापूर्वक कुट्ने हवल्दार निलम्बित

सप्तरीः नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन्।

कोभिड १९ संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए। आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनल बताए।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई  बलान बिहुल गाउँपालिकास्थित दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हबल्दार चौधरीले कुटपिट गरेका थिए।

लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानबिन सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell