PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ, परिवार चिन्तित, कस्तो छ स्वास्थ्य अवस्था?



पहिलोपोस्ट

गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ, परिवार चिन्तित, कस्तो छ स्वास्थ्य अवस्था?

कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएपछि उनी गम्भीर विरामी परेको, स्वास्थ्यमा सुधार कुनै सुधार नआएको र अवस्था गम्भीर भएको हल्ला चल्यो। परिवारका सदस्य समेत आत्तिए। उनीहरुले चिकित्सकसँग पनि सोधखोज गरे।

लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिकाको स्वास्थ्यबारे सबैको चासो रहेका बेला चिकित्सकहरुले भने उनको स्वास्थ्य स्थिर रहेको बताएका छन्।

सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानका निर्देशक डा आरके धिमानले कनिकाको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको बताए। कनिकाले अब सहज रुपमा खाना खाइरहेको एएनआईले जनाएको छ।

डा धिमानले मिडियामा फैलिएको कनिका गम्भीर विरामी भएको कुरा हल्लामात्रै भएको स्पष्ट पारे।

यसअघि कनिकाले सामाजिक सञ्जालमार्फत परिवार र बच्चाको याद आइरहेको भन्दै आफू घर फर्किने समय पर्खिरहेको बताएकी थिइन्। उनले सबैलाई सुरक्षित रहन पनि अपिल गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell