काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा आज नाटक 'एक बोली एक दाम' देखाइने भएको छ।
नेपालको पूर्वीभागमा प्रचलित लोककथामा आधारित नाटकलाई सिजन दाहालले लेखेकाहुन्। प्रवीण खतिवडाको निर्देशित नाटक मानिसको जीवनमा आइलाग्ने अप्रत्याशित परिस्थिति र त्यसले निम्त्याउने उताव चढावमा आधारित छ।
नाटकमा जीवन भट्टराई, सुदाम सिके, शक्ति राई र संगीत सापकोटाको अभिनय रहेको छ। नाटकमा रोशन थापा (आधासुर) र दिपक श्रेष्ठले संगीत दिएका छन्।
नाटकलाई गोविन्द पराजुलीले निर्माण गरेका हुन्।
साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ।
भर्चुअल नाट्य उत्सव अन्तर्गत् 'मान भर्सेस मती', 'राजेन्द्रलक्ष्मी', ‘जालिनी’, 'पाँच' प्रसारण भइरहेका छन्।
थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सव शुक्रबारसम्म चल्नेछ।