PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

विराटनगर नाकाबाट १५ नेपालीको उद्धार गरी पठाइयो क्वारेन्टाइनमा



पहिलोपोस्ट

विराटनगर नाकाबाट १५ नेपालीको उद्धार गरी पठाइयो क्वारेन्टाइनमा

विराटनगर : भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट नेपाल आउने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका १५ जनालाई मोरङ प्रहरीले उद्धार गरेर जिल्लाको टाँडीस्थित क्वारेन्टाइनमा पुर्‍याएको छ।

पूर्वको नाका विराटनगरसम्म हिँडेर आइपुगेका ती नेपालीहरू सबै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उद्धार गरिएका सबै रुकुम जिल्लाका हुन्।

उनीहरूमध्ये जोगबनी–विराटनगर नाकामा सोमवार बेलुका १३ जना र मंगलबार बिहान २ जना आइपुगेका थिए। मोरङको टाँडीमा नेपाली सेनाले २ सय क्षमताको क्वारेन्टाइन यसअघि नै बनाइसकेको छ। क्वारेन्टाइनमा बस्ने हाल १ सय ७ पुरुष र महिला ९ गरी १ सय १६ जना पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell