PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'खेतीपाती गर्न कोरोनाले रोक्दैन, दुरी कायम राखेर गरौं काम'



पहिलोपोस्ट

'खेतीपाती गर्न कोरोनाले रोक्दैन, दुरी कायम राखेर गरौं काम'

काठमाडौं : आजसम्म सरकारले १ हजार ६० जनाको कोरोना परीक्षण गरेको छ।

टेकु र पाटन गरी १० जना तथा सबै प्रदेशहरुमा ७७ जना गरी कूल ८७ जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ। उनीहरुमा संक्रमणको सम्भावना हुनसक्ने भन्दै आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले चार जना कोरोना संक्रमित मध्ये दुई जनाको आफन्तहरुको कनट्याक्ट ट्रेसिङ गरिसकिएको बताए।

उनले बाँकी दुई जनाका आफन्तको पनि ८० प्रतिशत ट्रेसिङ भएको छ।

उनले दुईवटा कल सेन्टर मार्फत् १ हजार ८ सय ६ वटा गुनासोको उत्तर दिएको जानकारी दिए।

हरेक प्रदेशमा १३ सयदेखि २५ सयसम्म पीपीई

देवकोटाले अहिले सबै प्रदेशमा पीपीई पुगिसकेको बताए।

'अहिले हरेक प्रदेशमा १३ सय देखि २५ सयसम्म पीपीई छ। यति भएपछि अभाव हुन्न,' उनले भने।

यस्तै उनले पाटन अस्पताललाई अरु देशहरुसँग कोरोनाका विषयमा टेलिकन्फरेन्स गर्न निर्देशन दिएको बताए। त्यसबाट संक्रमणविरुद्ध जुट्न सहज हुन्छ।

धरानमा र पोखरामा कोरोना परीक्षण सुरु भएको छ। हेटौडामा त्यही भएको मसिन लाई रिएजेन्ट गरिएको देवककोटाले बताए।

पाटन र वीरका दुवैको नेगेटिभ

पाटन अस्पतालमा मृत्यु भएका र वीर अस्पालमा मृत्यु भएका दुई जनाको कोरोना परीक्षण नेगेटिभ आएको छ। हरेक अस्पतालाई फिवर अस्पताल चलाउन निर्देशन दिँदै देवकोटाले आकास्मिक सेवा अनिवार्य दिन आग्रह गरे,

'हरेक अस्पतालमा फिवरको केस भन्ने बित्तिकै डराउने प्रवृत्ति छ। सबै अस्पतालले आकस्मिक सेवा नदिने नगर्नुहोला। यसलाई गम्भीर रुपमा हेरका छौं। यो कुरा दोहोरिन्न।'

तीन चरणको रणनीतिमा काम हुँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन रणनीति अनुसार काम भइरहेको छ। देवकोटाका अनुसार

पहिलोमा क्वारेन्टाइनमा बस्ने कुरा अनिवार्य, दोश्रोमा नमुना परीक्षण बढाउने र तेश्रो अस्पतालको तयारी तथा व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए। लकडाउन अझ बढी कडा बनाउने।

उनले अहिलेको लकडाउन कतिपय ठाउमा उल्लङ्घन भएको भन्दै लकडाउन कडा बनाउन लागिएको जानकारी दिए।

'हामीले अहिले कतिपय ठाउँमा लकडाउनको पालन नगरेको पनि देखेका छौं। हामी अझ कडा बनाउनेमा लागेका छौं,' उनले भने।

उनले सरकारले समन्वयका लागि उच्चस्तरीय समिति सीसीएमसी गठन गरेको बताए।

पीपीई लगाएको फोटोप्रति आपत्ती

मन्त्रालयका विज्ञ सल्लाहाकार डाक्टर खेम कार्कीले पीपीईको दुरुपयोग भएको भन्दै त्यसप्रति ध्यानकर्षण भएको बताए। 'पीपीई जोसुकैले नलाइदिनुस्। मेडिकल काउन्सिलको गाइडलाइन अनुसार प्रयोग गर्नुहुन्छ,' उनले भने।

'ग्लोब्स र मास्क लगाएर कोभिडका संक्रमित बोक्न मिल्छ'

डाक्टर कार्कीले अहिले कतिपय अस्पतालमा बिरामी एम्बुलेन्सले नबोकेको भन्दै त्यसो गरे मन्त्रालयले कारवाही गर्ने चेतावनी दिए।

सर्जिकल मास्क र ग्लोब्स लगाएर उनीहरुलाई बोक्न मिल्ने उनले बताए। 'खाली र्‍याल आउने बिरामीको हकमा पीपीई आवश्यक पर्ने हो,' उनले भने। तर, धेरै ठाउँमा अहिले कोरोनाको बिरामी भन्ने बित्तिकै एम्बुलेन्स भाग्ने गरेको उनले बताए।

र्‍यापिड टेष्ट किडले नजाच्न निर्देशन

र्‍यापिड टेष्ट किडको बारेमा विवाद आएको र यसबाट परीक्षण नगर्न मन्त्रालयले निर्देशन दिएको छ। 'डब्लुएचओले नगर्न भनेकाले त्यो कहीँ प्रयोग गर्न मिल्दैन। त्यसले कोरोना नभएकालाई पनि कोरोना देखायो भने अर्को आपत् आइलाग्छ,' कार्कीले भने।

खेती र गाई चराउन मिल्छ

कार्कीले कतिपय ठाउँबाट खेती गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न आइरहेको बताए। उनले खेतीपाती गर्न र गाईवस्तु चराउन मिल्ने बताए। भने, 'खेतीपातीमात्रै होइन, सबै काम गर्न मिल्छ। तर, सोसल डिस्टेन्स कायम गर्नुपर्‍यो।'

उनले कोभिड क्लिनिकमा चिकित्सक र नर्सलाइ घरेवेटीले निकालेको सुनेको पनि बताए। उनले त्यसो गर्ने घरवेटीबारे प्रशासनमा खबर गर्न सुझाए। चिकित्सकलाई कोरोना महामारी फैलिएपछि सुविधा सम्पन्न होटलमा छुट्टै राख्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell