PahiloPost

May 16, 2026 | २ जेठ २०८३

परिवार भेट्ने हाम्रो रहर : पैदलको भरमा कहिले पुगिएला घर?

परिवार भेट्ने हाम्रो रहर : पैदलको भरमा कहिले पुगिएला घर?

अमित मचामसी/पहिलोपोस्ट


कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनको मंगलवार ८ दिन पुगिसकेको छ। लकडाउन शुरु भएदेखि नै सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प छन्।

यस्तोमा कामको शिलशिलामा देशका विभिन्न स्थानबाट राजधानी आएकाहरु यतै रोकिए। विपद्को बेला परिवारको साथमा हुने उनीहरुको चाहना व्यग्र थियो। सोही व्यग्र चाहनाले केहीलाई लकडाउनले पनि रोक्न सकेन। सार्वजनिक यातायात नपाइने अहिलेको अवस्थामा उनीहरु पैदल हिँडेरै जोखिमपूर्ण यात्रामा निस्किएका छन्।

टाढा घर हुनेले आँट गर्ने कुरा भएन तर राजधानीबाट नजिक नजिक घर हुनेहरु भने घर जाने लक्ष्यसहित पैदल यात्रामा निस्किएका हुन्। यसरी पैदल नै घर जानेहरुमा विशेषगरी धुलिखेल, पनौति, सिन्धुली लगायतका रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell