PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रदेश १ मा ४६ जनाको नमुना परिक्षण, ३० जनाको रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

प्रदेश १ मा ४६ जनाको नमुना परिक्षण, ३० जनाको रिपोर्ट नेगेटिभ
Photo: pharmaceutical-technology.com

विराटनगर : प्रदेश नम्बर १ बाट कोरोना भाइरस (कोभिड-१९)को आशंकामा हालसम्म ४६ जनामा परिक्षण गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्य १६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलवार साँझसम्ममा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए। डा मेहताका अनुसार झापाबाट ५, मोरङबाट ७, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट १ र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ।

यस्तै प्रदेश १ मा हालसम्म ७ जना आइसोलेसनमा भर्ना भएका छन्। ४ महिला सहित ७ जना आइसोलेसनमा रहेको उनले जानकारी दिए। मेहताका अनुसार सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङमा १ जना आइसोलेसनमा भर्ना भएका हुन्। आइसोलेसनमा भर्ना भएकामध्ये २ जना डिस्चार्ज भइसकेका छन्।

प्रदेश नम्बर १ मा हालसम्म  ३५ वटा अस्पतालमा ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा छन्। सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई मंगलवार कोरोना नियन्त्रणसम्बन्धी विभिन्न सामाग्री वितरण गरेको छ।

मन्त्रालयले आज पिपिई सेट २ सय ९७ थान, आइआर थर्मोमिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्यान्ड सेनिटाइजर ८ सय १८ थान र पिपिई गाउन ३५ वटा वितरण गरेको छ।

यसैबिच प्रदेश १ का स्वास्थ्य संस्थाहरूले फिवर क्लिनिक बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले आकस्मिक र फिवर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिवर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell